गरुडा नगरपालिकामा ४९ हजारभन्दा बढिलाई हातिपाईले रोगबिरुद्धको औषधी खुवाईने ।

रमेश कुमार यादव
रौतहट,०२ फागुन । 
रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा तथा गरुडा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा राष्ट्रिय हातिपाईले रोग निवारण–२०७९ आम औषधी सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन भएको छ ।

रौतहटको गरुडा नगरपालिकाभित्र ४९ हजार भन्दा बढीलाई फागुन ११ गतेदेखि २४ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।मंगलबार गरुडा नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण गोष्ठीमा नगरभित्रका ४९ हजार १ सय ४५ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको जानकारी गराइएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत योगेन्द्र प्रसाद साहले फागुन ११ देखि ९ वटै वडामा एकैसाथ औषधि खुवाउन सुरु गरिने जानकारी दिए ।साहका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् ।

दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् ।नत्र, अन्य व्यक्तिले औषधि सेवन गर्नुपर्ने हुन्छ ।

शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खलको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताएका छन । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत साहले बताए ।चिकित्सकले कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधि सेवन गर्न आग्रह गरेका छन् ।

हातिपाईले रोग निवारण–२०७९ आम औषधी सेवन अभियान गोष्ठीको सम्बोधन गर्दै मेयर कन्थमनि प्रसाद जैसवालले होतीपाईले रोग निवारण तथा औषधी सेवन अभियान सफल होस भनि कामना समेत गर्नु भएको थियो ।साथै चिकित्सकहरुलाई रोगको औषधी सेवन गराउने बेलामा नगरका कुनै पनि ब्यतिm छुटनु नपरोस भनि ध्यानदिएर काम गर्न चिकित्सकहरुलाएै निर्देशन समेत दिएका थिए ।

नगर प्रमुख जैसवालको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज, बिधालयहरुका प्रधानाध्यापक, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

लोकप्रिय