अरविन्द कुमार यादव
रौतहट ११ फाल्गुन।
प्रादेशिक अस्पताल गौरमा सेवाग्राही गर्भवती महिलाहरुको प्रसुती सर्वसुलभ हुने व्यवस्थापन गरिएको छ।रौतहटको सदरमुकाम गौर स्थित रहेको प्रादेशिक अस्पताल गौरमा गर्भवती प्रसुती गराउने आउनेलाई सास्ती भएको अनुगमनबाट अवगत पाएको भनी उक्त समस्या निदान गरिएको प्रादेशिक अस्पताल गौरको व्यवस्थापन तथा संचालक समिति अध्यक्ष मो.अनवर हास्मीले बताएका हुन् ।
उक्त अस्पताल व्यवस्थापन तथा संचालक समिती अध्यक्ष मोहम्मद अनवर हाश्मीले पद भार ग्रहण करिब ५ महिना हुन लाग्दा पहिलाको परिपाटीमा सुधार हुँदै गएको जानकारीहरुबाट बुझिन्छ।
रौतहटको सदरमुकाम गौरको सबभन्दा पूरानो अस्पतालको रेफर अस्पाल भने शब्दबाट चिनिनेलाई प्रादेशिक गौर अस्पतालमा आएका विरामीहरुको ठूलो संख्याले सावित गरिसके र उक्त कार्यले पहिचान दिलाउने काम अध्यक्ष अनवर हाश्मीले गरेको सेवाग्राहीहरुले बताउँछन् ।
२०७४ स्थानीय आम निर्वाचन पश्चात् अघि रौतहटको सदरमुकाम गौर स्थित रहेको जिल्ला गौर अस्पताल रहेको नामबाट चिरपर्चित अस्पताललाई रेफर अस्पताल भन्ने चिनिने गरिन्थ्यो तर पछि लोजसबाट तत्कालीन रहेको व्यवस्थापन तथा संचालक समिति अध्यक्षले रेफरलाई निरंतरता दिएको एक सेवाग्राहीले बताए।
प्रादेशिक अस्पताल गौरलाई पून रेफर अस्पतालबाट जोगाउन लागि परेको अध्यक्ष अनवरले बताए ।संघीयता लागू भएको दिन देखि रेफर अस्पताल बनाउने मुख्य उदेश्य रहेको र विरामीको जीवनसित खेलवाड गरि हुने खाने भाडो लाई तोडिएको हास्मीले बताए ।
मधेश प्रदेश प्रसुती आपूर्ति व्यवस्थापन संग समन्वय गरि प्रादेशिक अस्पताल गौरमा प्रसुती सर्वसुलभ बेड अभाव रहेको हुदा स्वास्थ्य सेवा विभाग टेकु ,काठमाडौ स्थित आफू पुगेर प्रसुती समस्यालाई समाधान गर्न विभागको समन्वयमा पथलैया स्टोरले उपलब्ध गराएको प्रसुती समाग्री २ थान वेड साथै अन्य स्वास्थ्य समाग्रीहरु ल्याएको उनले बताए।
उक्त समाग्री उपलब्ध भएपछी सास्ती भोग्नुबाट मुक्त सेवाग्राहीहरु भएका छन् ।अस्पताल सुधारोन्मुख हुँदै गएको सेवाग्राहीहरुले बताउँछन् ।प्रसुती गृह लगायतका सेवा सुधार गरि स्तर उन्नति गरिएको छ र अरु सेवाका लागि अस्पतालमा अभाव रहेको स्वास्थ्य औजार ,निशुल्क औषधि तथा जनशक्ति बारे सम्बन्धि निकायसंग सहकार्य एवं समन्वय गरिरहेको अध्यक्ष हाश्मीले बताए।
खर्चिलो र झंझटिलोबाट मुक्त गराउन जनता समाजवादी पार्टी नेपाल रौतहटले प्रादेशिक अस्पताल गौरको व्यवस्थापन तथा संचालक समिती अध्यक्ष बनाउने सिफारिसलाई उदेश्य साथ पालना गरि आउदै गरेको छु उनले बताए।
जनता समाजवादी पार्टी नेपालको बदनामी गराउने कुनै कदम न चाल्ने समेत स्वास्थ्य निति अनुसार नै अस्पताल संचालन गराउने प्रारम्भ भइ सकेको र क्रमिक सुधार तर्फ बढ्दै गएको उनले भने।विगत कयौं वर्ष देखि वेथिती अवस्थामा रहेको अस्पताललाई व्यवस्थितमा ल्याउन समय लाग्ने उनले बताए।रौतहट जिल्लावासीहरुलाई प्रादेशिक अस्पताल गौरमा उपचार गराउने परिस्थिति बनाई छाड्ने मुख्य उदेश्य राखेको उनले जनाए।
रौतहट जिल्लाका रहेको क्षेत्रका आमजनताहरुको उपचार गर्न गराउने प्रादेशिक अस्पताल गौरमा अवस्था र व्यवस्थापन हुँदै गएको उनले बताए।