मेनपावर रौतहटमा पहिलो पटक स्थापना

अरविन्द कुमार यादव
गौर,१२ फाल्गुन।

रौतहट जिल्लामा पहिलो चोटि मैनपावरको रुपमा खोजी रेक्विटमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरुडा शाखाको कार्यालय उद्घाटन भएको छ।
रौतहट जिल्लाको मध्यभागमा रहेको ऐतिहासिक धार्मिक स्थल शिवनगर महादेव मन्दिर समीप खोजी रेक्वीटमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरुडा शाखा कार्यालयको उद्घाटन रिबन काटेर गरिएको हो।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४(ख) प्रदेश सभा सदस्य स्वतन्त्र प्रत्यासी मोहम्मद जमसैद आलमले भने नेपाली युवाहरु विदेश कमाउने जानेको नाउमा ठगिने गरेको उनले बताए।


बढी मासिक तलब र राम्रो कम्पनी हो भनेर अधिकांश मैनपावरले ललाई फकाई विश्वासमा पारी विदेश पठाउछन र त्यहा जादा कम्पनी ,कामको कुनै व्यवस्था भएको हुदैन अलपत्रमा परि कयौं युवाहरुको ज्यान समेत गएको उनले बताए।ठगिनु र काठमाडौ जानबाट मुक्त गराउने उदेश्यले रौतहट जिल्लामा खोजी रेक्वीटमेन्ट प्राली गरुडा शाखा स्थापना गरि छिटोछरितो र शंखा रहित सेवा दिने मात्र काम गर्छ आलमले बताए।
अतिथी नेपाली कांग्रेस नेता रामस्नेही राय यादवले भने रौतहट जिल्लाका श्रमजीवीहरु काठमाडौ गएर ठगिएका र विदेशमा गएकाहरु धेरै अप्ठ्यारोमा परेका उनले बताए।रौतहट जिल्ला लगायत नेपाल भरिका श्रमजीवीहरु ठगिनबाट बाचिने उदेश्यले गरुडा शाखा खोलिएको उनले बताए।गरुडा नगरपालिकाको पूर्व उपमेयर रंगिला देवी जयसवालको छोरा तुलसी जयसवाल खोजी रेक्वीटमेन्ट सर्भिस प्राइभेट गरुडा शाखा प्रमुख हो।
आम जनताको नेतृत्व गरिसकेका पूर्व उपमेयर जयसवालको संरक्षणमा मैनपावर रहेको हुनाले निर्धक्क भइ श्रम गर्नलाई वैदेशिक रोजगारमा जान यादवले आग्रह गरे।
स्थानीय सरकारले वैदेशिक रोजगारमा जानेहरूको लागि स्वास्थ्य परिक्षणको स्थानीय स्तरमा व्यवस्थापन गरि दिए रोजगारमा जानेहरुको लागि खर्च कमी आउने धारना शाखा प्रमुख तुलसी जयसवालको रहेको छ।

लोकप्रिय