रौतहट ,२२ कार्तिक।
रौतहट जिल्लाको सदरमुकाम गौर जोड्ने लालबकैया घाटमा करिब आठ वर्ष सम्ममा पनि पुल निर्माण सम्पन्न नहुदा ईशनाथ नगरपालिका वासीलाई सदरमुकाममा कामकाज गर्न गराउन ,पर्व तिहारको सर समान खरिद बिक्रि गर्न समेतमा कठिनाई भइरहेको स्थानीयले बताएका छन् ।
पुल निर्माण हुदा बखत देखि नै हरेक साल हिन्दुहरु महान चाडपर्व छठ पर्व मनाउनु भन्दा केहि हफ्ता पहिला नै टिकुलिया घाटमा ईशनाथ नगरपालिका वासीलाई आवतजावत गर्न गराउन सजिलोपना होस भनी नगर प्रमुख संतोश मेहताको निर्देशनमा डाइभर्सन निर्माणकार्य हुन्थ्यो तर यस वर्ष छठ मनाउन दुई दिन बाकी रहेको हुदा पनि नगर प्रमुख मेहताको कुनै किसिमको चासो समेत नरहेको नगरवासीहरु जुन रिपोर्टिङको समयमा आवतजावत गर्नेहरुले बताएका छन् ।
गौर बाट ईशनाथ नगरपालिका कार्यालयमा कर्मचारीलाई जान ५ किलो मिटर बाटो सडक खण्ड पर्ने लालबकैया नदिमा डाइभर्सन न बन्दा १७ किलो मिटरको सडक जानु पर्न बाध्य बनेका छन्
डाइभर्सन समयमा न बनेसम्म ज्यान जोखिममा राखि बासको लच्कामा सवार भइ आवतजावत गर्न समेत बाध्य बनेका छन् ।सो कार्य गर्न निर्देशन समयमै दिनको लागि इशनाथ नगरपालिकाको मेयर संतोश मेहताको ध्यानाकर्षण गराउन समेत स्थानीयले बताएका छन् ।