रौतहट ४ मंसिर ।
रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत नगर सभापतिको लागि शनिबार नेपाली कांग्रेसको सभापतिमा जबाहरलाल प्रसाद यादवले निर्विरोध निर्वाचित भएको छ।
यस्तै, उपसभापतिमा मो.तजमुल, फरमुद अंसारी, सचिवमा रघुनाथ प्रसाद कलवार, मो। लाडले, सहसचिव, तपसी महतो, बच्चा सिंह, कोषाध्यक्षमा, खेदु मुखिया निर्विरोध निर्वाचित भएको छ।
नेपाली काँग्रेसको विधानको स्वरूप अनुसार एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव र एक जना कोषाध्यक्ष रहने गरि नगर समितिमा चयन गरिएको हो।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा रौतहट क्षेत्र नं २ ख विधायक प्रत्यासी श्री रामचन्द्र गीरी, विष्टिअथितिको रूपमा परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल, तरूण दलका अध्यक्ष मो नैसाद लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।