बौधीमाई नपामा माण्डवीद्धारा महिला जनप्रतिनिधिहरुलाई तालिम ।

रौतहट १७ फाल्गुन ।

बौधीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई माण्डवी सँस्थाद्धारा ४ दिने तालिम आज देखि बँकुलमा शुरु भएको छ । माण्डवीको आयोजना तथा IFES नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस् परियोजना अन्तर्गत चौथो सत्रको तालिम आज फाल्गुन १७ गते देखि फाल्गुन २० गते सम्म बौधीमाई नगरपालिकाका निर्वाचित महिला सदस्यहरुलाई दिन लागिएको हो ।माण्डवीले यस परियोजना अन्तर्गत मधेश प्रदेशका ५ जिल्लाहरुका २८ वटा पालिकाहरुमा विगत वर्ष देखि महिला जनप्रतिनिधिहरुको क्षमता विकास सम्बन्धी विभिन्न सत्रहरु पहिलो,दोस्रो, तेस्रो गरी सँचालन गरि सकेको छ । सो सत्रका तालिमहरुमा विभिन्न किसिमका समुह कार्यहरु लगायत विधायकी,विकास सम्बन्धी,निर्वाचन लक्षित कार्यक्रमहरु, बैठक ,सकृय सुनाई,सँजालिकरण,सँचार सम्बन्धी ज्ञान,समुदाय परिचालन, मतदाता शिक्षा लगायत महिला जनप्रतिनिधिहरुको जिम्मेवारी सम्बन्धी तालिममा चर्चा गरिएको थियो । महिला जनप्रतिनिधहरुको क्षमता विकास तथा उनीहरुको काम सहज र सहयोगार्थ यो परियोजना अन्तर्गतको चौथो सत्रको तालिम शुरु भएको हो । यस ४ दिने तालिममा महिला जनप्रतिनिधहरुलाई व्यक्तिगत उत्थनशिलताको विकास,स्थानीय सरकारको योजना तर्जुमा तथा कार्यवन्यन र अनुगमन बारे जानकारी ,स्थानीय सरकारको बजेट निर्माण प्रकृया बारे, समय सापेक्ष वर्ताका तरिका, शक्तिको परिचय र शक्तिको मान तथा पैरवी गर्ने तरिका बारे अधिक जानकारी दिने उदेश्यले यो तालिम सँचालन गरिएको माण्डवीको अनुगमन तथा मुल्याङ्कन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिनु भयो । यस तालिम कार्यक्रममा बौधीमाई नगरपालिकाका १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रमको प्रशिक्षक पुनम ठाकुरले जानकारी गराउनु भयो । यस तालिम कार्यक्रममा माण्डवीका प्रशिक्षक पुनम ठाकुर,सँजय यादव,सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिंहको उपस्थिति रहेको थियो ।

लोकप्रिय