गौर नगरपालिकाका नगर प्रमुख गुप्ताद्वारा नगर भित्रका प्रत्येक ठाउँमा दाउरा बालियो ।

रौतहट २० पुुष।

रौतहटकाे गौर नगरपालिकाले नगरपालिका भित्रको विभिन्न सार्वजनिक ठाउँमा म सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।
केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि चिसो छल्नको नगर प्रमुख अजय कुमार गुप्ताले दाउराको व्यवस्थापन गरेको हो । मुख्य सडक ,चौक सरकारी कार्यालय , लगायतका ठाउँमा आगो ताप्नको लागि दाउराको व्यस्था गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिएका छन् ।
गौरमा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाई न्यानो हुनको लागि ठाउँ ठाउँमा दाउरा व्यवस्थापन गरे पछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।
मोटरसाइकल चलाउनेलाई चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवं बाल बालिकालाइ न्यानो लुगा लगाएर राख्न समेत गुप्ताले आग्रह गरेका छन् ।
बाल बालिका , बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ । बर्षात पछि निरन्तर रुपमा चलि रहेको हावाको कारण बढेको चिसोले जनजीवन प्रभावित हुदै गएको छ ।

लोकप्रिय