जलेश्वर मालपोत कार्यालयका सुब्बा घुस सहित रँगेहात पक्राउ ।

जलेश्वर १७ फागुन ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मालपोत कार्यालयका सुब्बा घुससहित रँगेहात पक्राउ परेका छन् ।

भूमि सुधार मालपोत कार्यालय जलेश्वरमो मुद्दा फाँटमा कार्यरत नायब सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रँगेहात पक्राउ गरेको हो । 

सुब्बा पण्डित सहित सेवाग्राहीसँग पैसा दिलाउन दलाली गरेका लेखनदास ( लेखापढी व्यावसायी) शुभाषचन्द्र लाल कर्णलाई समेत पक्राउ गरेको हो । विहिबार (आज) दिउँसो दुवै जनालाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंधान कार्यालय बर्दिबासका डीएसपी शुभाष राइले जानकारी दिए ।

सेवाग्रहीसंग काम गरिदिने कार्य वापत ९ हजार घुस लिसकेको अवस्थामा दुवै जनालाई रँगेहात पक्राउ गरेको हो । मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसंग रकम लिएर लेखापढी व्यबसायी कर्णको फर्ममा सो रकम राख्न दिएको बेला अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियारले दुवै जनालाई सो घुस सम्बन्धी रकम अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवास लगेको हो ।

लोकप्रिय