रौतहट १९ फागुन ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्ध र अशक्त नागरिकले खुशी हुदै भने ५ बर्षमा हुन नसकेको कार्य मेयर कुर्मीले गरे सुरु ।
जेष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ।
नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको कार्यबाट अशक्त र बृद्ध नागरिकले खुशी भई ५ बर्ष हुन नसकेको कार्य प्रथम बर्षमै मेयर बिनोद प्रसाद कुर्मीले सुरु गरेको स्थानीयले बताए ।
अहिले पालिकाको सम्पूर्ण कामकाज माछापुच्छ्रे बैंकमा रहेको छ त्यो बैंक वडा नं ६ हर्साहा स्थित रहेको कारणले टाढाको वडाबाट आउन–जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको मेयर कुर्मीले जानकारी दिए।
बैंकमा भत्ता लिन आउँदा र जाँदा नै धेरै कठिनाइ, रकम खर्च हुने भएपछि गाउँघरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको उहाँले बताए ।
नगपालिकामा ९ वडा छन्। साविकका पाँच गाविस मिलाएर नगरपालिका बनेको हो। प्रत्येक वडामा दुई देखि तिनदिन समय लगाएर भत्ता वितरणको काम सुरु भएको छ । गाउँमै भत्ता पाएपछि आफूहरु खुशी भएको बताउँछन् ।