अरविन्द कुमार यादव
गौर,२० फाल्गुन ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती रौतहटद्वारा आयोजित होली मिलन समारोह कार्यक्रमा प्रमुख अतिथि केन्द्रिय सदस्य रामकिशोर यादवले भने होली उत्सव मनाउनुको उदेश्य जस्तै संघियताको जन्नी जसपा नेपाल नै हो उनले बताएका छन् ।
क्रूर शासकद्वारा देशको सम्पूर्ण जातजातिको अधिकार दबाइएको विरुद्धमा गरिएको विभिन्न आन्दोलनको बलमा संघियता स्थापित भएको जनता समाजवादी पार्टी नेपाल केन्द्रिय सदस्य एवं रौतहट क्षेत्र नम्बर २(ख)को प्रदेश सांसद पूर्व माननीय रामकिशोर यादवले जिकिर गरेका हुन्।
जसपा नेपालले मधेसी, मुस्लिम, थारु ,जनजाति, आदीवासी ,अल्पसंख्यक लगायतका अधिकार सुनिश्चित गराउने उदेश्यले गरिइएको आन्दोलनले संघिय संरचनामा सरकार प्रक्रियागतमा आए तर पूर्णरूपमा संघियता सुरक्षित रहेको उनले बताए ।संघियताबाट पाएको उपलब्धिलाई शक्तिको रुपमा लिई अझैसम्म बाकी रहेको हक अधिकारको लागि थप लडाई गर्नुपर्नेमा पार्टी तयारी अवस्थामा रहेको उनले जानकारी गराएका छन् ।
पाएको उपलब्धिलाई पनि सखाप पार्न समेत संघियता पूर्ण रुपमा कार्यव्ययन हुन नदिन देश बाहिरका शक्तिहरु सक्रिय भएको साथै संघियता खतरापूर्ण अवस्थाबाट गुज्रिरहेको उनले तर्क राखेका थिए।
होली मिलन कार्यक्रममा अतिथी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य एवं मधेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पूर्व राज्यमन्त्री योगेन्द्र राय यादवले भने दोस्रो प्रदेश सभा निर्वाचन २०७९ पछि गठित मधेश सरकारको नेतृत्व ५ वर्ष सम्मको कार्यकाल मुख्यमन्त्री सरोज राय यादवले गर्नेछ उनले बताए।
पहिलो संविधान सभा चुनावबाट अंकगणितिय प्रतिनिधिहरुको आधारमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपाल नामक दल परिवर्तित नाम जसपा नेपाललाई उपराष्टपति पद कोटा पाएका थियो ,परमानन्द झालाई राष्टपती जसपा नेपालले बनाएको दावी गर्दै भने संघिय संरचना देशमा गएपछी पहिलो निर्वाचन पश्चात् मधेश प्रदेश सरकारको नेतृत्व मो.लालबाबु राउतलाई मुस्लिम कोटामा बनाएका थिए।
जसपा अध्यक्ष उपेन्द्र यादवको श्रीमती र छोराले समानुपातिक सांसद ,मन्त्री तथा राजनितिक नियुक्ति पद धारण गरिएको कतै उल्लेख छैन ,जातिवाद पार्टी हो भने जनतालाई भ्रमित पार्ने काम बहिरुपियाहरुले चालेको प्रती जनतामा शृजित भ्रमलाई चिर्नु पर्ने समय आएको उनले बताए।
विगत समय र हालमा पनि मुस्लिम, मधेसी ,जनजाती ,दलितको चेहरा सहित जसपाले संघिय तथा प्रदेश सरकारमा सहभागी भएको उनले दावी गरेका छन् ।
उक्त कार्यक्रम पार्टी कार्यालय गौरमा शनिबारका सम्पन्न भएको,जसपा नेपाल मधेस प्रदेश समिती सदस्य एव मधेश सरकारका सामाजिक विकास राज्यमन्त्री शेख अब्दुल कलाम अजाद उर्फ फूलबाबुले आपसी सद्भाव कायम गरि पहिलाका कमजोरीलाई भुली होली मनाउन आग्रह गरे।
कार्यक्रमका अध्यक्षता जिल्ला अध्यक्ष श्याम विहारी यादवले गरेका थिए भने पार्टीको केन्द्रीय सदस्य ,प्रदेश सदस्य ,जिल्लाका नेताकार्यकर्ताहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।