रौतहटका महिला अधिकारकर्मीले विभिन्न कार्यक्रम गरि ११३ औ अन्तर्राष्ट्रिय नारी दिवस मनायो।

रौतहट २७ फागुन ।

११३औं अन्तर्राष्ट्रिय नारी दिवस रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहलमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ।

श्री नारी चेतना महिला कृषक सहकारी संस्था लि. रौतहट गौरको सहकार्यमा गौर नगरपालिकाले आयोजना गरेका ११३ औ अन्तर्राष्ट्रिय नारी दिवस गौर नगरपालिकाको सभाहलम विभिन्न कार्यक्रम गरि मनाएका छन।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरेका भए पनि यस वर्षमा उक्त तारीखमा हिन्दुहरुको होली पर्व परेकाले शनिबार रौतहटका महिला अधिकारकर्मीहरूले समानता, महिला जागरण, महिला हिंसा न्युनिकरण र प्रविधिमा महिलाको पहुँच बिस्तारमा जोड दिएका छ्न । लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँच विस्तार भन्ने मुल नाराका साथ कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो।

उक्त कार्यक्रममा श्री नारी चेतना महिला कृषक सहकारी संस्था लि.रौतहट गौरको अध्यक्ष गीता कुशवहाले कार्यक्रमको अध्यक्षता निर्वाह गरेका थियो।त्यस्तै कार्यक्रममा प्रमुख अथितिको भुमिका पुर्व सांसद कल्याणी खडका एवं पुर्व केन्द्रिय मन्त्री सरला यादवले गरेका थिए।त्यस्तै अथितिहरुमा क्रमशः मधेस प्रदेश सदस्य माननीय किशोरी दास तथा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह लगायतका महिला अधिकारकर्मीहरुको उपस्थिति रहेका थियोे।

उक्त कार्यक्रममा गौर नगरपालिका नगरप्रमुख शम्भु साहले अन्तर्राष्ट्रिय महिला दिवस र विकृति निवारण विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यस्तै पुर्व सांसद कल्याणी खडकाले समाज परिवर्तन हुँदै गएको र महिलालाई नेपालको नयाँ संविधानले केही अधिकार दिए पनि अझै महिलाहरू अधिकार सम्पन्न नभएको बताउनुभयो । समान कामको समान ज्याला, राजनितीमा सहभागिता वृद्धि, क्षमता विकास गराउन ध्यान दिनुपर्छ भन्नुभयो । विकले समानता र महिला अधिकारको विषय महिलामा मात्र सिमित नभएर यो सामाजिक मुद्धा बनेको बताउनुभयो ।

कार्यक्रममा पुर्व केन्द्रीय मन्त्री सरला यादवले आज २१ औ शताब्दीमा पनि महिलाहरुलाइ बोक्सी भनेर मानवको मल मुत्र खुवाइ महिला हिंसाको शिकार भएको र भइआएको दिन्हु समाचार आउने गरेकाले त्यस तर्फ सचेतता अपनाइ त्यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै महिला लाई अवसर र अधिकार दिने भनेपनी राज्यले अझै पनि हात बाधेर बसेको गुनासो गर्नुभयो । महिला लाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिने बेलासम्म परिवर्तनको कल्पना नरहेको भन्दै महिला लाई साच्चिकै अधिकारसम्पन्न बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रमको अध्यक्ष गिता कुशवहाले महिलाले आफैमा एकजुट भै आफ्नो परिवार र देशको कल्याणका लागि सीपमुलुक तालिम सिकेर जहान परिवारको जिविको पार्जन गर्न सक्ने खाले विभिन्न सीप तालिमको व्यवस्थापन राज्यले गर्नुपर्ने माग राख्दै कार्यक्रम सम्पन्न गरेका थियोे।

लोकप्रिय