जनज्योति बहुमुखी क्याम्पस स्ववियु सभापति पदमा समाजवादी विद्यार्थी युनियन निकट नेता आशिष लामाको उम्मेद्बारी ।

अरविन्द कुमार यादव
गौर,२८ फाल्गुन ।यही चैत्र ५ हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी महौल रौतहटमा पनि तातिरहेको छ।रौतहटको सदरमुकाम गौरको अन्तिम उत्तरी भेग तिर रहेको श्री जनज्योति बहुमुखी क्याम्पस चन्द्रपुरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा समाजवादी विद्यार्थी युनियन नेपाल तर्फबाट आशिष लामाले उम्मेद्बारी दिएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २७ गते शनिबार दिन जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालका नेता एवं श्री जनज्योति बहुमुखी क्याम्पस ईकाई कमिटी अध्यक्ष आशिष लामाले दलबलका साथ पुरै पैनल(१० जनाको प्रत्यक्ष र ९ जनाको समानुपातिक ) सहित उम्मेद्बारी दर्ता गराएको सवियुने का नेता ललन यादवले बताए।
समाजवादी विद्यार्थी युनियन नेपालको नेता आशिष लामाको नेतृत्वमा सबै पदमा प्यानेल सहित सचिव – सुरज राउत,कोषाध्यक्ष – सिर्जना कुमारी चौधरी ,सदस्य -मोहा चौधरी,सदस्य – वसन्त कुमार चौधरी ,सदस्य – इन्द्र राइ,सदस्य – आयुष श्रेष्ठ लगायतका मनोनयन पत्र दर्ता गराइएको हो।

समाजवादी विद्यार्थी युनियन नेपालले विद्यार्थीहरुको सर्वांगनी विकास क्षेत्रमा काम गर्दै आइरहेकोले स्ववियु निर्वाचनमा विजयी पक्का दावी समेत गरेका थिए।

जनज्योति बहुमुखी क्याम्पस रौतहटमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा जसपा,नेपाल निकट समाजवादी विद्यार्थी युनियनको तर्फबाट भाइ आशिष लामाको प्यानललाइ अत्याधुनिक मतले विजय गराउन जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती रौतहटको अध्यक्ष श्यामबिहारी यादवले अपिल गरेका हुन् ।
मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालले नै गरिरहेको हुनाले शिक्षा क्षेत्रमा आमुल्य परिवर्तन तथा सुदृढीकरण लगायतका विषयमा काम गर्दै आइरहेको बुझिएको छ।

लोकप्रिय