ईशनाथका मेयर कौशल्या देवीद्वारा आँखा शिविरको उद्घाटन ।

रौतहट ३० फागुन ।

रौतहटको ईशनाथ नगरपालिकामा मंगलबार फागुन ३० गते देखि निशुल्क आँखा शिविर संचालन गरिएको छ । आरडी सी र ईसनाथ नगरपालिकाको सहयोग र गौर आँखा अस्पतालको सहकार्यमा एक दिने उक्त आँखा शिविरलाई एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको छ । शिविरमा करिव १०० जनाको आँखाको शल्यक्रिया गरिने उद्देश्य रहेको छ ।

नगर प्रमुख कौशल्या देवीको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रम उप प्रमुख मो. परवेज आलमको सभाध्यक्षतामा रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाको बिशेष अतिथि रहेको कार्यक्रममा, वडा अध्यक्षहरु, स्थानीय क्लबका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाबाट आएका प्रतिनिधिहरु, शिक्षक लगाएतकाको उपस्थिति रहेको थियो ।

लोकप्रिय