राैतहट ३० फागुन
राैतहटकाे गाैरमा जनता समाजवादी पार्टी नेपालकाे नगर स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । राैतहट जिल्ला कमिटीद्वारा आयोजित साे नगर स्तरीय अगुवा कार्यकर्ता भेला जिल्ला अध्यक्ष श्याम बिहारी यादवकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा मंगलबार गौर नगरपालिकाका सम्पुर्ण वडा १देखी ९ सम्मका कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियाे । साे भेलाले अमरुन हककाे अध्यक्षतामा २१ सदस्यीय गाैर नगर तदर्थ समिति चयन गरेकाे साे पार्टीले जनाएकाे छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद एवम समाजिक विकास राज्यमन्त्री मा. अबुल कलाम आजाद(फुलबाबु) , केन्द्रीय सदस्य किरण ठाकुर लगायतका नेताकाे सहभागीता रहेकाे थियाे । गौर नगर कमिटीको कार्यालयमा मंगलबार नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय स्दस्य,प्रदेश सह-सचिव पुनित राम , बिन्देशवर यादव , जिल्ला सह-इन्चार्ज राज कुमार दास , इश्वरि लाल यादव , प्रदेश सदस्य बिजय चौधरी ,प्रदेश परिषद सदस्य ललिता चौधरी, परिषद सदस्य धर्मेन्द्र पतेल,जिल्ला सह-सचिव शम्भू यादव, जिल्ला सदस्य उपेन्द्र यादव ,हरदेव यादव लगायतका बिशिष्ट ब्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे । साे भेलाले अध्यक्ष- अमरुल हक , बरिष्ठ उपाध्यक्ष गौरी शंकर यादब , उपाध्यक्ष- चन्दन यदब , उपाध्यक्ष – बिभा कुमारी सिह , सचिव-शम्भु सिह , सह सचिव- शुशिल चन्द्रवंशि , सह सचिव-अरबिन्द यादब , कोषाध्यक्ष- कोसिला दास , सदस्य- नन्दकिशोर गुप्ता , सदस्य-शशि यादब , सदस्य-जंगबहादुर राय यादब ,सदस्य- रागबेन्द्र ठाकुर , सदस्य- अबास मन्सुरी , सदस्य- खैतुन नेसा , सदस्य- जाकिर अन्सारी , सदस्य- रोबौदा खातुन , सदस्य- प्रदिप यादब , सदस्य- मोहन मन्सुरी , सदस्य- राजेन्द्र केसरी लगायतका चयन भएका छन । जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय बैठकबाट २५ सदस्यीय समिति चयन गर्दै नगर इंचार्जको जिमेवारी राजाराम केसरी र सह इंचार्ज शशि यादबलाई दिएको साे पार्टीले जनाएकाे छ ।