रौतहट ०१ चैत ।
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका एक किसानको खेत बारीमा पानी पटाउने क्रममा करेनट लागेर मृत्यु भएको छ । राजदेवी नपा वडा नं ७ मुडवलवा निवासी अनुप लाल यादवको छोरा अंदाज ४० वर्षीय श्याम यादवको करेन्ट लागेर आज बेलुका करीब ५:३० बजेको समयमा मृत्यु भएको छ ।
आफ्नै उखु खेतमा बिधुतीय लाईनबाट मोटर जोडिएर पानी पटाउदै गर्दा करेन्ट लागि मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएका यादव लाई प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । अस्पतालले मृत घोषणा गरेको थियो । मृतक युदवको शव लाई पोष्मार्टम गरी परीवार जन लाई बुझाएको प्रहरी उपरीक्षक उमाशंकर यादवले जनकारी दिएका छन ।