रौतहट २ चैत ।
रौतहटकाे चन्द्रनिगाहपुर स्थित होटल गौतममा आज तीन पालिकाको सीमा क्षेत्रको बिषयमा पटक-पटक भइरहेको विवाद बारे छलफल सम्पन्न भएको छ ।
सर्लाही र रौतहटको बिचमा पर्ने बागमती नदीको बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्ने क्रममा सीमा मिचेर उत्खनन गरिएको भन्दै विवाद हुन थालेपछि आ-आफ्नो नगरको सीमा क्षेत्र निर्धारण गर्न बृन्दावन, गढीमाई उता बरहथवा नपाको संयुक्तरूपमा बैठक बसेको थियो ।
तिनटै पालिकाको एउटा अनुसन्धान कर्ता टोली गठन गरि एकसाथ पुनः छलफलमा बसेर यसको समस्या समाधान गर्न दुबै पक्षको सहमति भएको हो । यस बैठकमा जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।