उद्योग वाणिज्य संघ गाेडैता शाखाका अध्यक्ष पासवानकाे बेवारिसे अवस्थामा शव बरामद ।

सर्लाही ४ चैत ।

सर्लाहीका व्यवसायी एवं गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष उपेन्द्र हजारी मृत फेला परेका छन् । हजारी शनिबार अपराह्न रहर रोपेको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।शुक्रबार साँझ गोडैता–७ स्थित घरबाट समान्य अवस्थामा हिँडेका हजारीको शव शनिबार अपराह्न रहर खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
४५ वर्षीय हजारीको मुखबाट रगत आइरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलमा प्रहरी पुगेको जनाउँदै अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको जानकारी दिए ।

उनले घटनाको अनुसन्धानमा प्रहरी जुटिसकेको बताए । ‘आज अपराह्न महिलाहरु घाँस काट्न गएका बेला शव देखेपछि हामीलाई जानकारी आएको हो, घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि मगाएका छौं,’ उनले भने । मृतकका परिवारले हिजो साँझ घरबाट बाहिर गएको र रातिदेखि नै मोबाइल स्विच अफ रहेको प्रहरीलाई जानकारी दिएको छ ।

लोकप्रिय