अरविन्द कुमार यादव
गौर,१८ चैत्र। जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा शनिबारका दिन गुजरा नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपालको आयोजनामा भएको नगर स्तरीय अगुवा भेला जिल्ला अध्यक्ष श्याम विहारी यादवको सभापतित्व तथा जसपा नेपालका केन्द्रिय सदस्य रामाश्रे चौधरीको प्रमुख आतिथ्यमा नगर स्तरीय अगुवा भेलाबाट अनुठा धामीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
नगर तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा किसनाथ राम ,दिलिप कुमार यादव र कुमरी देवी रामलाई चयन गरेको हो।
कमिटीको सचिवमा जमुला मंसुरी,सहसचिवमा -दिनेश चौधरी र जयमंगल साह कलवार तथा कोषाध्यक्षमा देवकी चौधरी पदाधिकारी सर्वसहमत बाट चयन गरिएको छ ।
भेलाबाट दर्शथ चौधरी ,बिजय चौधरी ,शेरेस्ता देबी चौधरी ,मनीफ मिया ,पलटन चौधरी , हेमन्त चौधरी ,शेख कमरुदीन , शेख कमरुल होदा ,तेजनरायण चौधरी ,महन्त चौधरी , राजेश चौधरी ,शेख हारुनरसिद ,लुका देबान ,शेख लैक जमा,बलिराम पनहर ,शेख उमैयर ,रिन्कु चौधरी ,नेक महम्मद ,किन्देशरी हजरथ दुसाद लगायत २३ जना सदस्यमा चुनिएको छ।
नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेलामा जसपा रौतहट जिल्ला ईन्चार्ज राजकुमार दास,पार्टी मधेश प्रदेश समिति सदस्य विरेन्द्र यादव,बिजय चौधरी , समाजवादी युवा संघ मधेश प्रदेश समिती सचिब पुनित राम,समाजवादी युवा संघ रौतहट जिल्ला इन्चार्ज संजिव कुमार यादव, इश्वरीलाल यादव,चन्द्र पुर नगर समिती अध्यक्ष कल्याण राउत लगायतका नेताहरु सहभागी थिए।