लक्ष्मिनियामा पाैष्टिक आहर पैकेट बितरण ।

रौतहट २९ चैत

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा पौष्टिक अहार पैकेट वितरण गरिएको छ । साे नगरपालिका काे वडा नम्बर ९ लक्ष्मीनियामा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको छ । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू नपाको वडा न ९ को वडा अध्यक्ष राकेश यादवको अध्यक्षतामा बुधवार एक कार्यक्रमको बीच लगभग १५० जना गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएको छ ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकार बाट प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा न ९ को वडा अध्यक्ष राकेश यादव (पप्पुले बताएका छन् ।

गर्भवती महिलाहरूले अरुबेलाको तुलनामा गर्भ रहेको वेलामा पोषिलो खानेकुराहरू बढी खानुपर्छ भन्नेजानकारी गराउनका लागि पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो । त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेको छ । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष नितेश चाैधरी स्वास्थ्य सह-संयाेजक दिनेश ठाकुर , प्रहरी र स्थानियहरूकाे उपस्थित रहेको थियो ।

लोकप्रिय