रौतहट २८ बैशाख ।
रौतहटको जिल्लाको बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीद्वारा ४५ लाखको लागतमा निर्माण हुने ६ कोठे विधालय भवनको शिलान्यास गरिएको छ ।
मेयर कुर्मीले नगरलाइ समृद्ध बनाउने मुख्य योजना मध्ये शिक्षा पनि एउटा परेकोले यसलाई अगाडि बढाउदै विकास कार्यलाई तिब्रता दिएका छन्।
मेयर कुर्मीले आज वडा नं १ रमौली टोल स्थित आधारभुत विद्यालयमा ४५ लाखको लागतमा ६ कोठे विद्यालय भवनको शिलान्यास गरेका हुन ।