अभिमनु पटेल,
रौतहट १८ जेष्ठ । परोहा नगरपालिकाले धुवामुक्त अभियान बुधबारदेखि ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।
सरकारको मापदण्ड अनुसार पालिकाका सबै वडाहरुमा राहत स्वरूप ग्यास सिलिन्डर वितरण सुरु गरेको छ । धुवा मुक्त कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा गरिब, विपन्न तथा सबै वर्गको परिवारलाई एक घर, एक ग्यास सिलिन्डर चुल्हो सेट पनि उपलब्ध गराउदै आएको उनको भनाई छ ।
धुवामुक्त कार्यक्रम अन्तर्गत परोहा नगरपालिकाका सम्पूर्ण घरधुरीलाई वितरण गर्नुपर्ने पालिका स्तरीय सर्वदलीय बैठकबाट सामूहिक निर्णय गरिएकोले यो अभियान अगाडि बढाइएको वडाअध्यक्ष शेख मोहमुद आलमले जानकारी दिए ।
परोहा नगरपालिका वडा नं १ जिगडवा बेलबिछवा टोलमा घरधुरी संख्याको आधारमा मुल्यांकन गरि कोही नछुट्ने मुख्य उदेश्यले कुनै प्रकारको काखा पाखा नगरी वडा स्तरीय भेला गरि सम्पूर्ण राजनीति दलसँग आबद्ध प्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको सल्लाह बमोजिम ग्यास सिलेण्डर ४ सय ८३ सेट पालिकाबाट माग गरि पहिलो प्राथमिकतामा गरिब, विपन्न, मजदुरी, अपाङ्ग, एक महिला अनि त्यसपछि बाकी व्यक्तिलाई एकद्वार प्रणालीबाट सबै परिवारहरुलाई वितरण भईरहेको वडाअध्यक्ष आलमले बताए ।
गाउँ घरमा पहिला जस्तो दाउराका पाउदैन यहाँ बनजंगल समेत नभएकाले ग्यास चुलोले निकै राहात पुग्ने विश्वास गरिएको छ । तराई मधेशमा परम्परागत तरिकाले आईमाईहरूले दाउरा, पाल, पराल लगायतले खाना पकाउँदा स्वास्थमा प्रत्येक्ष प्रतिदिन असर पर्ने र यस्तो आधुनिक युगमा समयको धेरै खाचो भएको अवस्थामा खेर जाने भएको ठहर सहित उनले वडालाई धुवाँमुक्त बनाउने सोच पहिला देखि नै राखेको वडाअध्यक्ष आलमले बताए ।
नेपालमा ४२ हजार बढी मानिसहरु प्रदूषणले हुने रोग लागेर प्रत्येक वर्ष ज्यान गुमाउँछन्। भान्छाभित्रको धुँवाले लाग्ने रोगहरुले बढी गरिबहरुको ज्यान गइरहेको अध्ययनले देखाएको छ। मृत्यु हुनेमा बढी गरिब तथा विपन्न परिवारका महिला तथा बालबालिकाहरु छन्।
गरिब परिवारको जीवन रक्षाका लागि परोहा नगरपालिकाले ग्यास सिलिन्डर र चुलो सेट वितरण अभियान चलाएका हुन्। बुधबार देखि परोहा नगरपालिकाको वडा नं १ मा बासोबास गर्ने सम्पूर्ण वडाबासीलाई ग्यास सिलेण्डर र चुल्हा वितरण गरेको नेपाल तरूण दल रौतहट जिल्लाको सभापति मो.नौशाद आलमले बताए ।