माधवनारायण नगरपालिका वडा न. ६ मा २५ लाखको लागतमा धर्मशालाको मेयर यादवद्वारा शिलान्यास ।।

रौतहट २५ जेठ ।

रौतहटको माधवनारायण नगरपालिका वडा न.६ माधोपुरमा धर्मशालाको भवन निर्माणका लागि शिलान्यास भएको छ । मधेश प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादवको प्रदेश संसदीय कोषबाट २५ को लागतमा २ कोठे र हल सहितको धर्मशाला निर्माण कार्यका लागि माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ (बजु) प्रसाद यादवले सो भवन निर्माणका लागि एक कार्यक्रम बिच शिलान्यास गरेका छन । मधेस प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादव व्यस्तता का कारण नगरपालिका यादव ले शिलान्यास गरेका छ्न । माधवनारायणको माधोपुर -६ मा अवस्थित श्री राधेकृष्ण मन्दिरको लागि धर्मशाला निर्माण कार्यले नगरवासीहरु हर्षित भएका छ्न।स्मरणहोस बिकासलाई नै आफ्नो लक्ष्य राखेको नगरप्रमुख यादवले नगरपालिका भवन र बिधालयको भवन निर्माण कार्यको लागि आफ्नो करोडौं पर्ने निजि जग्गा निशुल्क उपलब्ध गरेका थिए।

लोकप्रिय