३० लाखको लागतमा सडक ढलान कार्यको मेयर कुर्मी द्वारा शिलान्यास ।

रौतहट २६ जेठ ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा पक्की सडक ढलान कार्यको लागि शिलान्यास गरिएको छ ।

वडा नं ८ आकडपाथर टोलमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३० लाख लागतमा निर्माण हुने पक्की सडक ढलान कार्यको आज एक कार्यक्रम बिच नगर प्रमुख बिनोद प्रसाद कुर्मी र वडाअध्यक्ष रवीन्द्र साहले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

लोकप्रिय