मेयर कुर्मीले गरे प्रशासनिक भवन शिलान्यास, जिल्लामै पहिलो लिफ्ट सहितको निर्माण हुने ।

रौतहट, १० असार ।
रौतहटको वृन्दावन नगरपालिकाको अब आफनै भवन निर्माण हुने भएको छ ।
पटक-पटक बृन्दावन पालिकामा प्रतिपक्षीहरूले पालिका अन्त्य सारेर लगिने, यहाँबाट नगरको सदरमुकाम नरहने भन्दै विरोध र अफवाह फैलाउने गरेको थियो त्यस कार्यलाई सधैंका लागि आज आइतवार आयोजित एक समारोहका बिच वृन्दावन नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
बृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीले आइतवार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाको आफनै प्रशासनिक भवनको शिलान्यास गरेका छन् ।
मेयर कुर्मीले शिलान्यास गरेसंगै अब वृन्दावन नगरपालिकाको आफनै भवन निर्माण हुने भएको छ । विश्रामपुरमा रहेको नगरपालिकाको कार्यालय भवनको छेउमै रहेको सरकारी जग्गा जसमा बजार लाग्ने गरेको थियो सोही स्थानमा कार्यालय भवनको शिलान्यास गरेका छन् ।

नगरपालिकाको ३ करोड र एक संस्थाको ३ करोड गरी कुल ६ करोडको लागतमा सुविधा सम्पन्न आधुनिक प्राविधिक द्वारा लिफ्ट सहितको प्रशासनिक भवन निर्माण हुने मेयर कुर्मीले बताए । लिफट र प्रर्याप्त कोठा सहित चार तल्ले भवन निर्माण हुने मेयर कुर्मीले बताए । अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न गर्न करिव दुई वर्ष समय लाग्न सक्ने समेत उनले बताए ।
जिल्लामै पहिलो पटक वृन्दावन नगरपालिकाको प्रशासनिक भवन लिफट सहित निर्माण हुन लागेको उनले बताए । नगरपालिकाको आफनै भवन नहुँदा सो नगरपालिका कार्यालय धेरै कठिनाइक‍ो साथ सञ्चालन हुँदै आएको छ ।

आफ्नै कार्यालय सञ्चालन हुँदा प्रर्याप्त कोठाको अभावमा कर्मचारीहरुलाई बस्न समस्या हुँदै आएको छ जसका कारण सेवा प्रवाहमा समेत सेवाग्राहीहरुलाई कठिनाई हुँदै आएको छ ।
धेरै समस्या बिच नगरपालिका कार्यालय सञ्चालन हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै मेयर कुर्मीले नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माण गर्न लागेका छन् । नगरपालिकाको आफनै भवन निर्माण भई सञ्चालन भएपछि एकातर्फ आफ्नै भवन हुने अर्कोतिर यसैभित्र विभिन्न अन्य सरकारी कार्यालयहरू यसैमा व्यवस्थित गरि सेवाग्राहीहरुलाई सेवासुविधा उपलब्ध सहज र सरल गराउने मुख्य उदेश्य रहेको उनले दाबी गरेका छन् ।

शिलान्यास कार्यक्रममा जनप्रतिनिधिका साथै नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेल, नगरपालिकाका अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

लोकप्रिय