धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु ।

facebook sharing button
twitter sharing button
email sharing button

जनकपुरधाम २४ असार ।

धनुषामा खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धुनषाको कमला नगरपालिका २ का ५५ बर्षका सुर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ ।

आज आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिंचाई गर्न जाने क्रममा अरुले बिछ्याएको विद्युतको तारमा करेन्ट लागेर उनको ज्यान गएको हो ।

शवलाई पोष्टमार्टमका लागी जनकपुरको प्रादेशिक अस्पतालमा राखिएको र तार बिछ्याउने सत्यनारायण यादवको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी वेदप्रसाद गौतमले बताएका छन् ।

लोकप्रिय