नेपाल पत्रकार महासंघ राैतहट शाखाले नया सदस्यको लागि परीक्षा लिने ।

राैतहट १ भदौ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले नया सदस्य्ता प्रदान गर्नको लागि परीक्षा लिने भएको छ । नेपाल पत्रकार महासंघ केंद्रीय कार्यालयले नया सदस्य्ताको लागि सुचना आव्हान गर्न दिएको समय सीमामा रौतहट शाखाले सुचना आव्हान गर्दा दरखास्त दिएका संचारकर्मीको लागि लिखित र मौखिक परीक्षा लिने समय निर्धारण गरेको हो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले कार्यसमितिको बहुमत विना निर्णयको ७ जना नया सदस्यको लागि तथा ३० जनाको नवीकरणको लागि प्रदेश समितिमा गरेको सिफारिश प्रति विबाद उत्पन्न भएपछि रौतहट शाखाले नया सदस्यको छनौटको लागि भदौ ९ गते लिखित र मौखिक परीक्षाको सुचना जारी गरेको शाखाका सचिव मदन ठाकुरले बताएका छन ।
जारी गरिएको सुचनामा जिल्ला शाखाबाट अनुमोदन नभईकन पठाइएको सिफारिश प्रदेश कार्य समितिले कार्यान्वयन नगर्ने भएपछि नया सदस्य्ता ,नवीकरण ,मानार्थ सदस्यको लागि बरिष्ठ पत्रकार प्रभात कुमार झाको नेतृत्वमा ५ सदसीय कार्यदल गठन गरिएको उल्लेख गरिएको छ ।
कार्य दलको सदस्यमा रौतहट शाखाका सल्लाहकार रबिन्द्र प्रसाद साह , संजय कार्की प्रेस चौतरीको मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ , प्रेस मंच नेपालका जिल्ला अध्यक्ष किशोरी यादव रहेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले नया सदस्य्ताको लागि परीक्षा दिनु पर्ने सुचना जारी गरे लगतै क्रियाशील पत्रकारहरुले असन्तुस्टि जनाएका छन । सभार संगम खबर ।

लोकप्रिय