रौतहटमा शिक्षालय अनुगमन तथा जिल्ला स्तरीय शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

रौतहट १८ भदौ ।
माननिय शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला यादवले जय किसान बहुप्राविधिक शिक्षालय, धरहरी, रौतहटमा अनुगमन गरी समसामयिक विषयमा मार्ग निर्देश गर्नुको साथै उक्त शिक्षालयमा छात्रावासको आवश्यक रहेकोमा विशेष पहल गर्नुहुने भनी प्रतिबद्धता जनाउनुभयो र उहाँको आगमनले शिक्षालय परिवारमा खुशी एवम् यस्तै अनुगमनका अपेक्षा राखेको भनी शिक्षालय प्रमुख ई धनोज यादवले बताउनुभयो |

उक्त अनुगमन टोलीमा मन्त्रालायका शाखा अधिकृत एव राज्यमन्त्रीज्यूको निजी सचिव अमित कुमार यादव पनि रहेका थिए |

शिक्षालयको अनुगमन पस्चात भ्रमण टोली जिल्ला प्रशासन कार्यालय, गौर प्रस्थान गरी माननीय राज्यमन्त्रीले प्रमुख जिल्ला अधिकारिज्यूलाई जिल्लाको शिक्षा अनुगमन, शैक्षिक समन्वय तथा सुब्यवस्थाका लागी आवश्यक निर्देशन समेत दिनुभयो |


त्यस पस्चात श्री जुद्ध मा वि गौरमा आयोजित जिल्ला स्तरीय शैक्षिक अन्तर्क्रिया कार्यक्रम माननीय राज्यमन्त्री प्रमुख आतिथ्यतामा तथा जिल्ला समन्वय समित प्रमुख अध्यक्षतामा भब्यताका साथ सुसम्पन्न भयो | उक्त कार्यक्रममा रौतहट जिल्लाका सबै पालिकाका शिक्षा सन्योजकहरु , विधालयका प्रधानाध्यापकहरु तथा शिक्षा पेशागत सन्स्थाका पदाधीकारीहरुको समेत उपस्थिति रहेको थियो |

उक्त कार्यक्रममा बिभिन्न पेशागत शैक्षिक सङगठनहरुबाट योगेन्द्र यादव, राम मङ्ल प्रसाद यादव, कामेश्वर प्रसाद यादव, राम कृपाल यादव लगायतका पदाधीकारिहरुको उपस्थिति रहेको थियो |

कार्यक्रम मा उपस्थित सरोकारवाला हरुले पालिकाबाट समयमा दिवाखाजा को रकम ब्यवस्थापन नभएको, विधार्थी अनुपातमा शिक्षकको दरबन्दीको अभाव भएको, शैक्षिक गुनस्तर सवाल, परिक्षा अनुगमन मुल्याङ्कन सम्बन्धी सवाल, कक्षा कोठाको अभाव, क्म्प्युटर ल्याब तथा ICT Lab सन्चालनका लागी दक्ष शिक्षक तथा सहजकर्ताको अभाव, आउदै गरेको सङ्हीय शिक्षा ऐन मा शिक्षा मैत्री प्रावधानहरु हुनुपर्ने कुराहरु राखेका थिए ।


माननीय राज्यमन्त्रीज्यूले मानव विकास सुचकाङ्कमा पछाडी परेको मधेश प्रदेशलाई कसरि छिटो पुर्ण साक्षर घोषणा हुने कुरामा चिन्ता व्यक्त गर्दै वहाको नेतृत्वमा यस प्रति प्रतिवद्ध रहेको बताउदै रौतह्ट जिल्ला विशेष रुपमा शिक्षा क्षेत्रमा ध्यान दिनुपर्ने कुरा बताउदै वहाको कार्यकालमा रौतहटलाई शिक्षा सुदृढीकरण मा विशेष पहल गर्ने प्रतिबद्ध्ता जनाउनुभएको थियो |

लोकप्रिय