दुर्गा भगवती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल द्वारा नि:शुल्क आखा शिविर ।

रौतहट, २६ भदौ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल द्वारा नि:शुल्क आखा शिविर गरिएको छ । गाउँपालिका वडा- ४ को श्री माध्यमिक विद्यालय पचरुखीको प्रङ्गनमा हेटौंडा सामुदायिक आँखा अस्पताल सहयोग र स्थानीय गा.पा. को आयोजनमा शिविर संपन्न गरीएको छ ।

शिविर कार्यक्रम वाडा नं ४ का वडा अध्यक्ष रामानन्द यादवको अध्यक्षतामा, गा. पा. अध्यक्ष शम्भु सिंह को प्रमुख अतिथ्य र वडा नं – ३ का वडा अध्यक्ष धर्मेन्द्र झाको विशिष्ट अतिथ्यमा पानसमा दिप प्रज्वलन गरी सुरु गरिएको थियो ।

आज भएको नि:शुल्क आँखा शिविरमा ५४१ जना को आँखा चेकजाँच गरिएको थियो । समान्य समस्या भएका विरामीहरुलाइ नि:शुल्क औषधि दिईयो । विरामी चेकजाच गरे मध्ये ४२ जाना लाई मोतियाबिन्दकाे बिरामी पुष्टि भएको छ ।

मोतियाबिन्दको बिरामीहरूलाई २८ गते बिहीबारका दिन हेटौंडा सामुदायिक आँखा अस्पतालमा नि:शुल्क अप्रेशन हुने अस्पतालले जनाएका छन् ।

उक्त कार्यक्रममा विरामीहरु, वुद्धजिवी, समाजिक अभियन्ता, स्वास्थ्यकर्मी लगायत भर्भाला आद्मिहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय