रौतहट १८असाेज ।
रौतहटको गढीमाई नगरपालिकामा भोली सार्वजनिक विदा हुने भएको छ ।
गढीमाई नगरपालिकाले स्थानीय सरकारको हैसियतले हिन्दु धर्मावलम्बीहरुको निराहार व्रत मानिने जितिया पर्वको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।
गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले विहिबार एक सूचना जारी गर्दै भोली शुक्रबार जितिया पर्वलाई मध्यनजर गरी एक दिने सार्वजनिक विदा दिएको हो ।
शुक्रबार नगरपालिकाभित्रको सबै समुदायिक, सँस्थागत विद्यालय, कार्यालयहरु समेत बन्द रहनेछ ।