रौतहट १९ असाेज ।
रौतहटकाे माधवनारायण नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । नगर अधिवेशनबाट सो नगरपालिकाले शुक्रबार बर्षिक बजेट प्रस्तुत गरेको हो । राजनितिक दलका निर्वाचित जनप्रतिनिधिको असन्तुष्टिका कारण सरकारी निति अनुसार असार १० गते सम्ममा आर्थिक वर्षको निति कार्यक्रम ल्याउन नसकेको नगरपालिकाले केहि जनप्रतिनिधिको असन्तुष्टिका कारणले आज बहुमतका साथ नगर सभा संम्पन्न गरेको सो नगरपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०८०/०८१ को चौतर्फी विकासको लागि करिब ५३ करोड ३० लाख ४४ हजार बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरीएको छ । नगरसभा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थतिमा भएको अधिबेसनमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैधनाथ राय यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा ,स्वास्थ्य ,कृषि क्षेत्रको बिकाशमा प्रमुख जोड़ दिएका थिए ।
१५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रको लागि जग्गा खरीद तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ । बेरोजगारी समस्या समाधान गर्नको लागि एक घर एक रोजगारको निति अवलम्बन गरिने लक्ष्य लिइएको छ। माधवनारायण नगरपालिकालाई सुन्दर , आकर्षक बनाउनका साथ पूर्वाधार विकास तर्फ सड़क विस्तार ,चौडाकरण अभियान संञ्चालन ,नाला निर्माण ,विधुतीकरण कार्यलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताएका छन् ।
उक्त नगर सभा कार्यक्रममा नगर उपप्रमुख, नगरपालिकाका कर्मचारीहरु, सम्पूर्ण वडाका वड़ा जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु , सुरक्षाकर्मी, पत्रकार लगायत स्थानिय बुद्ध्जिवीहरुको सम्त उपस्थति रहेको थियो ।