रौतहटको फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधि, पार्टी प्रतिनिधि तथा तलबको माग गर्दै कर्मचारीहरुले तालाबन्दी गरेको छन।
हिन्दूहरूको महानपर्व दशैं तिहार र छठ पर्वको मुखमा पनि तलब पाउने कुनै छाँटघात नदेखिएपछि शुक्रवार नगरको वडा अध्यक्षहरुका साथै शिक्षकहरु र कर्मचारीहरुको समूहले नगरको कार्यालयको मूलगेटमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्नु अघि उनीहरूले फतुवाबिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवलाई ज्ञापनपत्र बुझाएका थिए । पछिल्लो ६ महिना देखि नगरपालिका बाट तलब पाउन सकेका छैनौं। अहिले दशैं तिहार र छठपर्वको मुखमा पनि तलब पाउने संकेत नदेखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गरिएको एकजना शिक्षक राधेश्याम यादवले बताएका छन ।
नगरपालिकाका कर्मचारी र सम्पूर्ण सामुदायिक बिधालयका शिक्षकहरुले गत चैत महिना देखि तलब पाउन नसकेको शिक्षक यादवले जानकारी दिएका छन ।
तालाबन्दी लगत्तै त्यहाँ पुगेका वडा अध्यक्षहरु सहित जनप्रतिनिधिले नगरपालिकाको खाता संचालन गराउन तत्काल नगरसभा गर्ने सम्बन्धमा सल्लाहको लागि कार्यवाहक मेयर अम्बेया खातुन लाई बोलाएका थिए । कार्यवाहक मेयर खातुनले तत्काल नगरपालिका आउन नसकेको गैरजिम्मेवार जवाफ दिएपछि नगरका ११ वटै वडा अध्यक्षहरुले तालाबन्दी प्रति ऐक्यबद्धता जनाएको वडा ९ का अध्यक्ष पप्पु यादव उर्फ राकेश यादवले बताएका छन। फतुवा विजयपुरमा हालसम्म नगरसभा नभएको कारण नगरको खाता संचालन नभएर शिक्षक, कर्मचारीले तलब पाएका छैनन् भने सामाजिक सुरक्षाभत्ता समेत निकासा हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले जानकारी दिएका छन ।कार्यवाहक मेयर अम्बेया खातुन संग यस बारे कुरा गर्दा आफू एउटा मीटिंगमा सहभागि हुन प्रदेशको राजधानी जनकपुर आएको छु, भोलि फर्केपछि नगरसभा बारे विचार गर्ने बाताईन ।
नेपाल सरकारको एन अनुसार स्थानिय तहको नगर तथा गाँउसभा असार १० गते भित्र हुनुपर्ने व्यवस्था रहेको छ । तर मेयर यादव लामोसमय देखि निलम्बित रहेकाले फतुवा विजयपुरमा हालसम्म नगरसभा नहुँदा सम्पूर्ण आर्थिक गतिबिधि ठप्प भएको छ।