रौतहट ,१ कार्तिक ।
नेपाली कांग्रेस गौर नगर कार्यसमिति अध्यक्ष मोहन यादवद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो।
गौर नगरपालिका मेयर प्रत्यासी मोहन यादवले हिन्दुहरुको महान चाडपर्व बिजया दशमी ,शुभ दिपावली र छठको अवसवरमा पत्रकार संग शुभकामना आदानप्रदान गरेका हुन्।
नेता मोहन यादवले देशमा कुनै संकट परेको बेलामा पत्रकार नै अहम भुमिका खेलेका हुन्छ ।तसर्थ हिन्दु हरुको महान चाड पर्व बडा दशै अमन चयनका साथ मनाउन नगरवासीसित अनुरोध पनि गरे।
गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण, समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए ।
पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ ।चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, होहल्ला, जाड रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे ।
समाजमा कानुन विपरीत क्रियाकलाप कसैले पर्व त्यौहारको बेला नगर्न सुझाव दिएका हुन । हिन्दूहरूको महान आस्थाको पर्व बडा दशै अहिले चलिरहेको छ भने केही दिनपछि तिहार, दिपावली र छठ पर्व समेत आउने भएको हुनाले सबैले यश पर्वलाई समाजिक रूपमा हाँसी खुशी मिलेर मनाउन मेयर प्रत्यासी यादवले अनुरोध गरे ।
रौतहट जिल्ला भित्र सक्रिय रूपमा विगत लामो समय देखि आफ्नो कलम चलाएर जिल्लाको विभिन्न स्तरमा पुगेर समाचारको माध्यमले परिवर्तन गर्न र गराउने भुमिका खेलिरहेको क्रियाशील पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले नयाँ सदस्यताबाट बञ्चित बनाएको प्रति मेयर प्रत्यासी यादवले दुख पोखेका छन । नेपाल पत्रकार महासंघको हैकमवादी प्रबृत्तिको बिरोधमा नेपाली काँग्रेस पार्टीको केन्द्रीय नेतृत्वहरूसँग यस बारे आफूले आवाज उठाउन र सम्बन्धित निकायमा नयाँ सदस्यता दिन बारे सकेसम्मको पहल समेत गर्न उनले बताए छन् ।
रिपोर्ट क्लब नेपाल साक्षात्कार कक्षमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ प्रतिनिधि सभा समिति सचिव संजय कुमार यादव,रौतहट क्षेत्र नम्बर १ प्रदेश सभा समिति अध्यक्ष अवधकिशोर साह कानु,नेपाल मुस्लिम संघ मधेश प्रदेश समिति कोषाध्यक्ष डा.सरफराज तैयबले शुभकामना मन्तव्य राखेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमिति सदस्य गुलरेज अहमद ,नेपाली कांग्रेस रौतहट युवा नेता मोहम्मद मनिर आलम , समाजसेवी लोकेन्द्र यादव,नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिती सदस्य शैलेन्द्र झा र नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व अध्यक्ष रबिन्द्र प्रसाद शाहको सहभागिता रहेको थियो।