रौतहट १२ कार्तिक ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बया खातुन आफ्नो अनुकूल हाकीम हाजिर गराउन खोजदा नगरपालिका विवादित बनेका छन् । अहिले आउन लागेका उप सचिव सुरेन्द्र प्रधान यस अघि पनी याहा काम गरेको छ । प्रधान रहेको बखत विभिन्न भ्रष्टाचारी गतिविधि गरेको भन्दै वडा नं १ देखी वडा नं ११ सम्मका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले यो हाकीम लाई हाजिर नगराउन भन्दै बिरोध गरेका छन् ।
वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु एका तर्फ र अहिलेका कार्यवाहक मेयर खातुन एक्लै अर्को तर्फ रहेको छ ।मेयर निलंबन भएको मौकाको फाईदा उठाउन कार्यवाहक मेयर आफ्नो अनुकूलको हाकीम हाजिर गराई मनोमानी गर्न खोजिरहेको आरोप लगाएका छन् ।
कार्यवाहक मेयरका कारण लथालिङग बनेका पालिकाका कर्मचारीको तलव, वृद्ध वृद्धाका भता, पोषण भता समेत वितरण हुन सकेको छैन । साथै आम नागरिकको दैनिक सेवा समेत प्रभावित भएको वडा अध्यक्षहरुको भनाई रहेको छ । तर कार्यवाहक मेयर यस प्रति गौर जिमेवार दिखीएको बताए ।
नेपाल सरकारको नियम अनुसार अषाढ १० गते निति तथा बजेट कार्यक्रम ल्याउने हुदा पनी अहिले सम्म यो पालिकाले नगर सभा गरी बजेट समेत प्रस्तुत गर्न सकेका छैन । प्रत्येक महिना कार्यपालिकाको बैठक बस्ने नियम हुदाहुदै पनी लगभग २ ३ महिना देखि अहिले सम्म एउटा पनि बैठक नबसेको बताए ।
उता कार्यवाहक मेयर संग सोध्दा कुनै पनि हालतमा यसै हाकीम लाई हाजिर नगराउन भन्दै आफ्नो अडान राखेको छ । यो हाकीम लाई हाजिर गराई कर्मचारीको तलब भता, वृद्ध भता, पोषण जस्ता भता सहित कामकाज गर्न गराउन भनेका छन् ।
जनता संग बुझदा कार्यवाहक मेयरको नियतमा खोट रहेको बताए । कर्मचारी, वृद्ध लगायतका चिन्ता भएको भए अहिले रहेको नि. हाकीम बाटै वितरण गरे हुन्थयो यो नाटक नैटंकी गर्न आवश्यक के थियो भने आम जनको भनाई रहेको छ ।