बारा मंसिर ।
बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४÷२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । नगरप्रमुख किशोरी कलवार चढेको बा२ झ ४३५४ नम्बरको सुमोमा स्थानीय द्वारा क्षति पुर्याउदा स्थितिलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफलेले जानकारी गराएका छन् ।प्रहरीले ५० को हराहरीमा गोली चलाएको प्रत्यक्षदर्शी बताउछन् । नगरपालिका तनावग्रस्त रहेको छ ।नगरपालिकामा नगरप्रमुख र जनप्रतिनिधि बिच विगत पाच महिना भन्दा अगाडि देखि विवाद चल्दै आएको थियो । तलवको माग गर्दै शिक्षक र स्वास्थ्यकर्मी आन्दोलनमा रहेका छन् । केही दिन देखि विधालय र पाच महिना देखि स्वास्थ्य संस्था बन्द अवस्थामा छ । स्थानीयहरू उपचारको लागि छिमेकी भारत बिहार घोडासहनमा उपचार गराउन बाध्य थिए । नगरपालिकामा अहिले सम्म ताल्चा लागेको अवस्था रहेको छ ।