देवाही गाेनाहीको नगर अस्पताल आफै बिरामी, कार्यालय सहयोगीको भरमा चल्दै ।

रौतहट, ०६ पुस ।

रौतहटकाे देवाही गोनाही नगरपालिकाले हतार हतारमा खोलिएको नगर अस्पताल अहिले आफै बिरामी परेको छ । देशमा तिन तहको सरकार आयसँगै जनताको मनमा खुशी आएको थियो तर विगतको अवस्था हेर्दा स्थानीय स्तरमा पालिकाको रबैयाबाट असन्तुष्ट भईरहेको छ । मानव जीवनको सबभन्दा ठूलो सम्पतीको रुपमा स्वास्थ्यलाई मानिन्छ । जतिसुकै मेहन्त दुख गरेपनि मानिसको स्वास्थ्य राम्रो हो भने केही महशुस हुदैन ।

जनप्रतिनिधि र उहाँको परिवारको सदस्यहरुको शैलीमा रातारात परिर्वतन भएकै हो तर गरि खाने सर्वसधारण जनताको विगत जस्तै दिन आज पनि बितिरहेको छ ।
देवाही गोनाही नगरको चर्चित नगर अस्पताल नाम मात्रको अस्पताल भएको छ । बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी बनेको छ । चुनावको वेला सस्तो लोकप्रियता बढुल्न केही पूर्व तयारी नरहेपनि संघीय र प्रदेशको निर्वाचनको बेला तामझाम सहित उद्धघाटन गरिएको थियो ।

अस्पताल उद्धघाटन २०७९ साल भदौ २५ गते भएको थियो यसमा लाखौलाख रकम समेत निकास भएपनि आजसम्म अस्पतालमा दक्ष चिकित्सक, आधुनिक प्रयोगशाला, नेपाल सरकारको नम्स अनुसार १ सय ३ प्रकारको औषधी सहितको सेवा संचालन हुन सकेको छैन । नगर प्रमुख प्रेमलाल साह र उपमेयर परनीया देवी पटेलले आफनो व्यक्तिगत फैदा बाहेकको विकास कार्यमा चासो नराखेको कारण आज एक बर्ष पाँच महिना बितिरहे पनि नगर अस्पतालल व्यवस्थित गर्न सकेका छैन । चुनावमा भोट लिन आफनो समर्थकको लाथि हतार हतारमा गरिएको अस्पताल उद्धघाटनबाट जनताको मत राम्रोसँग लिन सफल हुनुभो तर त्यही जनताको बिचमा गरिएको प्रतिबद्धता हालसम्म पुरा गर्न असफल देखिएकोले लथालिङ्ग अस्पतालबाट नगरबासीहरु चिकित्सक सेवा देखी प्रयोगशाला सेवा समेतबाट बञ्चित हुदै आएका छन ।

निकै तामझामका साथ देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले नगर कोषबाट संचालन गरेको नगर अस्पताल अहिले कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । एमबिबिएस सहित आठ जनाको दरवन्दी रहेको सो अस्पतालमा डाक्टरहरु आउन छाडेपछि कार्यालय सहयोगीको भरमा नियमित संचालन हुन थालेको छ ।

विभिन्न बहानाबाजी गर्दै नगरबासीलाई अन्धकारमा राखि मेयर साहले स्वास्थ्यसँग खेलवाड गरिरहेका छन । एमबिबिएस चिकित्सक सहित ८ जना स्वास्थ्यकर्मीको दबन्दी रहेको अस्पतालमा हाल एउटा कार्यालय सहयोगीको भरमा चलिरहेको छ । आज दिउसो सो अस्पतालको अवस्था हेर्न पुग्दा त्यहाँ एक जना हेल्थ असिष्टेन्ट बाहेक अरु कोही कर्मचारी भेटिएन तर अस्पताल संचालनका लागि महिनौ लाखौलाख रकम निकासी भईरहेको स्थानीहरु बताएका छन ।
सम्बन्धी निकायको ध्यानाकर्षण पुगेको देखिदैन । अभावमा अस्पतालले स्वास्थ्य चौकी भन्दा तल्लो स्तर सरहको सेवा प्रवाह गर्दै आएको छ ।

सो अस्पतालबाट हजारौ जनताले सेवा लिने अपेक्षा राखेको थियो तर जनप्रतिनिधिको कमीकमजोरीले आजको दिनमा उपचार गराउन अन्तय जादैछ । देवाही गोनाही नगर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर, औषधी, प्राविधिक मेसिन लगायतको राम्रो व्यवस्थापन हुन नसकेको कारणले विरामीहरु सदरमुकाम गौर, गरुडा, चपुर, बिरगंज, भरतपुर, पोखरा काठमाडौ सम्म उपचारको लागी पुग्नु पर्ने बाध्यता रहेको छ ।

सरकारी रकमको दूरुपयोग गर्ने, कमिसनको चक्करमा कर्मचारीसँग मिलेमोतोमा गुणस्तरहीन काम गराउने कारणले राज्यले नियम अनुसार कानुनी कारवाही नगर्दा लापरवाही बढ्दै गएको स्थानीको आरोप ।

अति विपन्न र असहाय वर्गलाई लक्षित गरि एमबिबिएस डाक्टर सहितको नगर अस्पताल २०७९ साल भदौ २५ गते देखि संचालनमा ल्याईएको थियो । वडा नंं ८ स्थित गोनाही बजार नजिकै मेन रोड संग जोडिएको धरहरी जानेबाटोमा अस्पताल संचालनमा आउदा नगरवासी निकै हर्षित भएको थियो । तर अहिले अस्पतालको अवस्था हेर्दा दयनीय भएको छ ।

मेयर प्रेमलाल साह, उप–मेयर परनिया देवी पटेल र अन्य जनप्रतिनिधीले समयमा ध्यान नदिदा अस्पतालको अवस्था दिनप्रति दिन गाई भैसी बाध्ने खोर भन्दा बढी नै दैनिय अवस्थामा गईरहेको हो ।

नगर अस्पतालमा नेपाल सरकारका अनुसार १ सय ३ किसिमका औषधी अनिर्वाय राखी निशुल्क बिरामीलाई दिनुपर्ने नियम हुदाहुदै आज फार्मेसी हेर्दा मुस्किलले १० देखि २० प्रकारका औषधी भेटिए तर पालिकाको निकासामा प्रत्येक बर्ष लाखौलाख मुल्य बराबरको हरेक किसिमको औषधी खरिद भएको छ । एक्सरे मसिन राख्ने कोठामा इट, प्रस्तुति गृह कोठामा फोहरै फोहर, इर्मजेन्सी कोठामा त्यस्तै पुरै हेर्दा लाग्दैन किन नगर अस्पताल हो । मेयर र उपमेयर बिचको मनमुटावले गर्दा यो अस्पतालको अवस्था दिनदिनै दैनिय बन्दै गएको जनसमुदायको भनाई ।

न दक्ष चिकित्सक, न व्यवस्थित अस्पताल, न कुनै चेकजाँक गर्ने राम्रो प्राविधिक मेसिन छैन अनि किन चाहियो यस्तो सेवा पूर्ण रुपमा बन्द गरे हुन्छ भने नगरवासीले बताएका छन । जनतासँग प्रत्येक्ष जोडिएको सेवाको मध्य स्वास्थ्य हो यसमा पनि जनप्रतिनिधि गम्भीर भए यो भन्दा ठूलो दुखको कुरा अरु के होला भन्दै एक स्थानीय गुनासो पोखे ।

देशका ७ सय ५३ वटा स्थानिय तहले आफ्नो क्षमता अनुसारको अस्पताल सञ्चालन गर्नुपर्ने अवधार्ना नेपाल सरकारले लागु गरेकै बेला जिल्लाको देवाही गोनाही नगरपालिकाले उक्त नितीलाई लागु गर्दै तत्काल वडा नं ८ गोनाही बजार स्थित भाडाको घरमा अस्पताल संचालनमा ल्याईएको थियो । तर नगर प्रमुख र उपप्रमुख आफनै तालमा हिड्न थालेपछि अस्पतालको अवस्था नाजुक बन्दै गएको नगरवासीहरुले आरोप लगाएको छ । गत वर्षको भदौ देखि संचालनमा रहेको नगर अस्पतालमा उपचारको सेवा नाक, कान, घाटी, ओपिडी सेवा, प्रस्तुती गृह सेवा, एक्स–रे, सेवा सँगै २४ घण्टे इमर्जेन्सी सेवा उपलब्ध हुने गरि संचालनमा ल्याइएको थियो ।

नगरपालिका भित्र एउटा पनि सुबिधा सम्पन्न अस्पताल नभएको खण्डमा यो अस्पताल संचालन हुदा स्थानीयमा उत्साह छाएको थियो ।

लोकप्रिय