रौतहट २२ माघ ।
रौतहटको गरुडा नगरपालिकामा करिब एक महिना देखि लागिएको ताल्चा उपप्रमुख पुनम चौधरीले खुला गरेको छ ।
आन्तरिक विषय लिएर एक महिना देखि आंदोलनरत रहेका पक्ष र नगर प्रमुख बिच आज छलफल हुदा ताल्चा खाेलिएकाे हाे । आपसी सहमती अनुसार आजै नगर उप-प्रमुख पुनम चौधरीले गरुडा नगर प्रमुख कन्थमनी प्रसाद कलवार मधेश प्रदेश सांसद मा. केशव राय चौधरी , जिल्ला सभापति राम अयोध्या राय , निर्वाचित वडा अध्यक्ष, कार्यपालिका सदस्य, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी,सुरक्षा निकाय र सञ्चारकर्मीको रोहवरमा ताल्चा खोलेकी हुन। साथै भोलि देखि नगरपालिका प्रसाशन संचालन हुने सबैमा जानकारी गराइन्छ !!