सर्लाही ०६ चैत ।
सर्लाहीमा जनमत पार्टी सर्लाहीले नेपालमा रहेको वर्तमान व्यवस्था विरुद्ध मंगलवार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
जनमत पार्टी जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा गरिएको प्रदर्शन सदरमुकाम मलंगवा परिक्रमा गरि मालपोत चौक निर कोण सभामा परिणत भएका थिए । कोण सभा कार्यक्रम तथा जनमत पार्टीको जिल्ला समन्वय समितिको बिस्तारीक बैठक र होलि मिलन कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज श्रीचन यादव (सुजन) ले नौलो गणतन्त्रको तथा समाजिक लोकतन्त्रको बारेमा आफ्नो मनतव्य दिनुुभएको थियो। मनतव्यकै क्रममा उहाँले अहिलेको व्यवस्थाले देश हाक्न नसकिने बताउनुुभएको छ । उहाँले नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्र कायम गराएर मात्र नेपालमा जन्ता राज आउने सक्ने बताउनुुभएको छ ।
देशमा व्यापक भ्रष्टाचार मौलाएको, सत्ताको लागि राजनीति, नागरिकलाई राज्यको तर्फ बाट शिक्षा, स्वास्थ्यको ग्यारेन्टी नभएको हुदाँ अहिले नौलो गणतन्त्रको तथा समाजिक लोकतन्त्रको आवश्यकता रहेको केन्द्रिय सदस्य यादवले बताउनुुभयो । उहाँले नेपालमा प्रत्यक्ष निर्वाचित प्रधान्मन्त्री नभए सम्म देशमा परिवर्तनको कल्पना गर्न नसकिने दावि समेत गर्नुभएको छ ।
केन्द्रिय सदस्य यादवले राज्यले लागानीकर्ताको पुँजीको ग्यारेण्टी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री, संवैधानिक निकायका प्रमुख, सर्वोच अदालतको प्रमुख न्याधिश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रत्यक्ष निर्वाचित,जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्माण नगरे सम्म देश परिवर्तन गर्न नसकिने बताउनुुभएको छ ।
उहाँले यो व्यवस्था विरुद्ध अहिले आफुहरु जिल्ला स्तरमा विरोद्धका कार्यक्रम गरिरहेको र जेठ १५ गते काठमाडौंमा विशाल आमसभा गर्ने बताउनुुभयो । नेपालमा परिवर्त नहुनजेल सम्म जनमत पार्टी संर्घर्षको कार्यक्रम गरिरहने दावी गर्नुुभयो ।