रौतहट २९ साउन ।
रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवालले मालपोत कार्यालय गरुडालाइ आज एक थान मोटरसाइकल, सोफासेट, कुर्सी, पंखा, फर्निचर लगाएतका सामान सहयोग गरेका छन ।
मालपोतमा मोटरसाइकलको अभाव भएको कारण कर्मचारी समयमा कार्यालय आउन नसक्नुका कारण सेवा प्रवाहमा समस्या हुनु,सेवाग्राहीलाई बस्न कुर्सी र सोफा नहुदा बस्न समस्या भएको जानकारी पाए पछी मेयर जैसवालले सो समानहरु मालपोत कार्यालय गरुडालाई हस्तान्तरण गरेका हुन छ ।
यस्ता यस्ता काम कतिपय गरिसकेको र आफू रहुन्जेल सम्म पालिकालाई देशमा चिनाउन र पालिकाको सबै क्षेत्र राम्रो बनाउनको लागि सधैं जनताको गुनासो र सल्लाह सुझाव अनुसारका काम गर्दै रहन्छु मेयर जैसवालले भन्ने ।
मालपोत कार्यलय गरुडाबाट माग हुन आएको सवारी साधन,मेशिनरी औजार तथा फर्निचर र फिक्वर्स लगायतका सामाग्री कार्यपालिकाको निर्णय बमोजिम आज हस्तान्तरण गरिएको नगर प्रमुख जयसवालले बताए ।