रौतहट, ०७ माघ ।
नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौको सहयोग र नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति रौतहटको सहकार्यमा अग्नि पीड़ित परिवारलाइ सोमबार कपडा सहित खद्यान्न सामग्री बितरण गरिएको छ ।
गएको पुष १४ गते मध्यरातमा भएको आगलगीबाट घर जलेर नस्ट भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ५ पताहीका ८ घर परिवारलाइ नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले राहत उपलब्ध गराएका हुन ।
जिल्ला कार्य समिति रौतहटको पहलमा केन्द्रीय कार्यालयले उपलवब्ध गराएको राहत सामग्री पीड़ित परिवार बितरण गरिएको जिल्ला अध्यक्ष ग्रीसनंदन कुमार सिंहले जनकारी दिएका छन ।
केन्द्रीय कार्यालयको कार्यवाहक अध्यक्ष चन्द्रमोहन झा ,केन्द्रीय सदस्य सत्यनारायण अग्रवाल ,केन्द्रीय सदस्य अरुण सिंह , मधेश प्रदेश अध्यक्ष रणधीर कुमार सिंह , वड़ा अध्यक्ष सुरेश पंडित लगायतका उपस्थतिमा पीड़ित परिवारलाइ राहत सामग्री दिइएको हो ।
अग्नि पीड़ित जगरनाथ पासवान , बाबूलाल पासवान , कान्ति देवी पासवान , रामनाथ पासवान , सोगारथ पासवान , प्रदीप पासवान नागेन्द्र पासवान र दीपेन्द्र पासवानलाइ चामल २५ किलो , दाल ३ किलो ,खानेतेल १ लीटर , नून १ किलो , कम्बल २ थान , साडी २ थान ,लुंगी १ थान , नुहाउने साबुन २ वटा र लुगा धुनें साबुन २ वटा प्रति परिवारलाइ दिइएको जिल्ला अध्यक्ष गृसनंन्दन सिंहले जानकारी दिएका छन ।
राहत सामग्री हस्तान्तरण गर्न घटना स्थल पुगेका कार्यवाहक अध्यक्ष झाले आगलगीको घटनाले आहात भएको बताए ।
दुखद घटनाको बारेमा जानकारी पाएपछि पीड़ामाँ सहयोगीको भूमिका निर्वाह गरेको बताए ! हामीले घाउमा मलहम लगाउने कार्य गरेको छू थप हुन सकने सहयोग गर्ने प्रयास गर्ने छू उनले भने अवस्था देखेर दुखित भएकोले आउने दिनमा हुन सकने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पीड़ित परिवारहरुले आगोबाट घर र घरमाँ भएको सामग्री समेत जलेर नस्ट भएकोले आफुहरुलाई घरको व्यवस्था गराई दिन आग्रह गरेका थिए ! पीड़ितहरुको आग्रह सुनेर नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधीर कुमार सिंहले स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्नु पर्ने र वड़ा तथा नगरपालिकाले सिफारिश गरेमा घर निर्माणको लागि जस्ता पत्ताको सहयोग गर्ने बताए ।
वड़ा कार्यालय र नगरपालिकाबाट नेपाल भारत मैत्री संघको नाउमा सिफारिश गराएर पठाउनु हामीले आवश्यकता अनुसारको घर निर्माणमा सहयोग गराउने प्रयास गर्ने पीड़ितलाइ सुझाव दिए । सामाजिक कार्यमा रूचि राख्ने प्रदेश अध्यक्ष सिंहले पीड़ितहरुको अवस्था हेरेर चिन्ता व्यक्त समेत गरेका छन । उनले यस्तो दुःखको बेला सबैले सहयोग गर्नु पर्ने धारणा राखे ।