आगलागि पीडित यादवलाई आज नगर प्रमुख यादवले राहत सामग्री सहयोग ।

रौतहट, २३ चैत ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिका ६ का अग्निपीडितलाई मेयर बैजनाथ प्रसाद यादवले राहत सामग्री सहयोग उपलब्ध गराएका छन् । नगरपालिका वडा नम्वर ६ माधोपुरका आगलागि पीडित लालबहादुर यादवलाई आज नगर प्रमुख यादवले राहत सामग्री प्रदान गरेर सहयोग गरेका हुन् ।आगलागीमा परेर यादवको घर र घरमा रहेका सम्पूर्ण लत्ताकपडा, भाडा वर्तन, खाद्यान्न, नगद लगायत लाखौंको सामान जलेर खरानी भएको थियो । आगलागीले घर र घरका सबै सामान जलेर नष्ट हुँदा यादव परिवार विचलीमा परेको देखेपछि माधव नारायण नगर प्रमुखले आज उनको घरमै पुगेर भाडा वर्तन, खाद्यान्न सामग्री र लत्ताकपडा हस्तान्तरण गरेको बताइएको छ । पीडित परिवारलाई एक थान ग्याँस सिलिण्डर, ग्याँस चुल्हो, प्रेसर कुकर लगायतका भाँडाकुँडा, लत्ताकपडामा ब्ल्यांकेट, कम्बल, त्रिपाल, साडी सेट, जाजीम र चामल, दाल, तेल, नुन लगाएतका खाद्यान्न सामग्री वितरण गरिएको जनाइएको छ ।

पीडित परिवारलाई तत्कालको लागि भएपनि केही राहत होस भन्ने आफूले नगरपालिकाको तर्फबाट राहत सामग्री प्रदान गरेको नगर प्रमुख यादवले बताए ।

लोकप्रिय