रौतहट २५ चैत ।
राैतहटकाे बाैधीमाई नगरपाकाको पुर्व नगरप्रमुख राजिव रन्जन यादवले जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष पदका लागि ईच्छुक रहेको बताएका छन ।
जसपा नेपाल राैतहटका लोकप्रिय युवा नेता समेत रहेका यादवले बाैधीमाई नगरपालिका ४ ईनबारी स्थित आफनै निवासमा सोमबार पत्रकारसंग कुरा गर्दै आफु अध्यक्ष पदमा सर्वसम्मत वा निर्वाचन प्रकृयाबाट पनि तयार रहेकाे खुलासा गरेका हुन।
जनता समाजवादी पार्टी नेपाल राैतहट जिल्ला स्थित वरिष्ठ नेता गाेविन्द चाैधरी , राम किशाेर यादव (किशोरी यादव) , अब्दुल कलाम आजाद भन्ने शेख फुलबाबु र याेगेन्द्र यादवले गरेको निर्णय समेत आफु मान्न तयार रहेको बताए । उहाहरुले आफुलाई जिम्मेवारी दिन तयार भए आफु अध्यक्ष पदमा सर्वसम्मत वा निर्वाचन प्रकृयाबाट पनि तयार रहेकाे बताएका छन। यहीँ चैत २६ र २७ गते जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको जिल्ला अधिवेशन हुन गइरहेको छ ।
एक विशेष स्रोतका अनुसार जिल्ला अध्यक्ष पदमा बौधिमाई नपाका पूर्व-मेयर राजीव रंजन यादव उर्फ राजुको उम्मेदवारी हुने पक्का नै रहेका छन । जिल्ला अध्यक्ष पदमा चुनाव भए अरु जाे सुकै उमेदवार हाेस तर राजिव रंजन उमेदबार हुने पक्का रहेको स्रोतले दाबी गरेका छन ।
विगत लामो समयदेखि निरन्तर जसपा नेपालमै रही आफ्नो राजनीतिक यात्रा अगाडि बढाउदै आएका र अबको देशको हरेक क्षेत्रमा युवा वर्गको खोजि भइरहेकोले रौतहटको आगामी जसपा नेपालको जिल्ला अधिवेशनमा यसपालि जसरी भएपनि राजु यादवलाई नै जिम्मेवारी दिने वातावरण भइसकेको एकजना पार्टी निकटका नेताले बताए ।